काठमाडौं । फिल्म ‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको प्रेममा आउने उतार चढावमा देखाइएको छ । ट्रेलर हेर्दा फिल्मको कथा बलिउड फिल्म ‘तुमसे आच्छा कोन है‘’ फ्लेवरको छ ।
अभिनेता पल शाह फिल्ममा पनि पलको भूमिकामा प्रस्तुत छन् । उनी एक चर्चित गायक हुन्छन् । अभिनेत्री पूजा शर्मा उर्फ छाँया भने पलको गायनको फ्यान हुन्छिन् । उनी पनि गायन क्षेत्रमा आफूलाई स्थापित गर्न संघर्षरत छिन् ।
‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरुको अभिनय छ । शिवम् अधिकारी र दिनेश न्यौपानेले फिल्मको कथा लेखेका हुन् ।
बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्म सौरभ लामाले खिचेका हुन् । फिल्ममा समावेश पाँचवटा गीतमा संगीतकार अर्जुन पोखरेलको संगीत छ । फिल्म सुदर्शन थापाको निर्देशनमा बनेको हो ।




