मनोरञ्जन

‘लभ डायरिज’ नयाँ गीतमा रुबिनासँग सुशील र विश्वजितको प्रेम

काठमाडौं । फागुन २ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘लभ डायरिज’को रोमान्टिक गीत ‘अधुरो लाग्छ मेरो जीवन’ सार्वजनिक भएको छ ।

गीतमा फिल्मका तीन कलाकार सुशील श्रेष्ठ, रुबिना थापा र विश्वजित रिमाल बीचको त्रिकोणात्मक प्रेम देखाउन खोजिएको छ । गीतमा सुशील र विश्वजित दुवैले रुबिनालाई चाँहेका छन् ।

प्रताप दास र प्रविशा अधिकारीको स्वर, प्रविण पौडेलको संगीत रहेको गीतमा शब्द मानसविक्रम थापाको रहेको छ ।
सौरभ चौधरीको निर्देशन रहेको फिल्ममा सुशील, रुबिना र विश्वजितको अलावा बिष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारी लगायतका कलाकारको अभिनय छ ।

यसको कथा र पटकथा मधु बास्तोलाले लेखेका हुन् । फिल्मका निर्माता निर्माता विनोद सापकोटा रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *