मनोरञ्जन

नयाँ बर्षमा श्रृंखलाको बिवाह

काठमाडौं । पूर्व मिस नेपाल श्रृंखला खतिवडाले अर्काे बर्ष बिवाह गर्ने भएकी छन् । भ्लगर सिसन बानियाँसँग प्रेममा सम्बन्धमा रहेकी उनले बाँनियासँगनै बिवाह गर्न लागेकी हुन् । बाँनियासँगको प्रेम सम्बन्ध लुकाउदै आएकी खतिवडा अहिले प्रेमको बिषयमा गुपचुप छिन् । तर मिडियामा भने उनको प्रेमको बिषयमा बिभिन्न समाचार आइरहेका छन् ।

पारिवारिक श्रोतलाई पत्याउने हो उनको बर्ष २०७७ मा बिवाह हुनेछ । जसको निणर्य खतिवडा र बाँनियाले गरेका हुन् । बिवाहको बिषयमा खतिवडा र बाँनियाको आधिकारीक धारणा भने सार्वजनिक गरेका छैनन् । २०१८ की मिस नेपाल खतिवडा र बाँनियाको प्रेम बिगत दुई बर्ष देखिको हो ।

तर मिडियामा भने यो बर्ष मात्र सार्वजनिक भयो । खतिवडा र बानियाँ अचेल देश तथा विदेशको यात्रामा समेत प्रायः एकसाथ देखिने गरेका छन् । यो जोडी केही समय पहिले टर्कीको इस्तानबुल पुगेका थिए ।

त्यहाँ घुमफिर गरिरहेको तस्विरहरु खतिवडा र बानियाँले आफ्नो सामाजिक सञ्जाल मार्फत समेत सार्वजनिक गरेका थिए । टर्कीमा रहँदा यो जोडीको एक तस्वीर बाहिरिएको थियो, जहाँ श्रृंखला सिसनको अंगोलामा थिईन् । यी दुईले भने गहिरो सम्वन्धमा रहेको बजारको चर्चालाई गसिपको रुपमा चित्रण गर्दै आएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *