काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मन्त्री फेर्ने पार्टीको निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
उनले पार्टीले गरेको निर्णय प्रधानमन्त्रीले कार्यन्वयन नगरे त्यसको परिणाम राम्रो नहुने समेत बताए । पोलिटब्युरो बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीको निर्णय प्रधानमन्त्रीले कार्यन्वयन गरेर मन्त्री हेरफेर गर्नुपर्ने बताए ।
उनले पार्टीको निर्णय नमान्ने नेताहरुलाई कारबाही गर्ने समेत चेतावनी दिए । खनालले भने,‘पार्टीको निर्णय नमान्ने नेता कार्यकर्ता वा मन्त्री कोही हुन सक्दैन । त्यसका विरुद्ध पार्टीले आवश्यक कदम चाल्छ । कारवाही गर्छ ।’




