मुख्य समाचार

बुधबारदेखि आन्तरिक उडान ठप्प हुने

काठमाडौं । निजी हवाई सेवा कम्पनीहरूको छाता संगठन नेपाल वायुसेवा सञ्चालक संघले बुधबारदेखि नियमित उडान ठप्प पार्ने घोषणा गरेको छ ।

सरकारले एकपक्षीय रूपमा वायु सेवा सञ्चालनको नयाँ व्यवस्था कायम गरेको, यात्रु सेवा शुल्क, ल्याण्डिङ, पार्किङ, नेभिगेसन लगायतको शुल्क वृद्धि गरिएको सेवा ठप्प पार्ने निर्णय गरेको हो ।

सरकारले विभिन्न कम्पनीका ५५ वटा जहाज र हेलिकप्टरहरूले राती काठमाडौँबाहिर तोकिएको आधार विमानस्थलमा पार्किङ गर्नुपर्ने निर्णयको विरोधमा उडान ठप्प पार्ने निर्णय गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *