मुख्य समाचार

चुनावमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई सरकारले दियो धन्यवाद

काठमाडौं । सरकारले स्थानिय तह निर्वाचनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीहरुलाई धन्यवाद दिएको छ ।

सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनमा खटिएका राष्ट्रसेवकलाई धन्यवाद व्यक्त गरेको हो ।

केन्द्रीय सुरक्षा समितीले निर्वाचनमा सक्रिय राजनीतिक दलहरूलाई पनि धन्यवाद दिएको छ । बैठकले निर्वाचनका क्रममा खटिँदा घाइते भएका सुरक्षाकर्मीलाई उपचार खर्च र मृत्यु भएकाका परिवारलाई राहत दिने प्रक्रिया सुरु गर्न सम्बन्धित निकायमा लेखी पठाउने निर्णय समेत गरेको छ ।

चुनावमा खटिएका ५ म्यादी प्रहरी र एकजना प्रहरीको मृत्यु भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *