काठमाडौं । बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट मेयरमा उम्मेदवारी दिएका कांग्रेस नेता खेलराज पाण्डेले फराकिलो अग्रता बनाएका छन् ।
मेयरमा उम्मेदवार बनेका पाण्डेले ४ हजार १ सय २१ मत पाएका छन् । नेकपा एमालेका बाबुराम भट्टराईले भने २ हजार ६ सय १३ मत ल्याएका छन् । बुटबल एमाले नेता विष्णु पौडेलको निर्वाचन क्षेत्र समेत स्थान हो । उनकै बुटबलबाहेक रुपन्देहीको तिलोत्तमामा समेत गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ ।




