मुख्य समाचार

चुनावका लागि काठमाडौं छाड्नेको लर्को

काठमाडौं । स्थानीय तह चुनावका लागि बुधवार मात्रै ६७ हजार जना काठमाडौंबाट बाहिरिएका छन् ।

ट्राफिक प्रहरीका अनुसार ५ हजार ६ सय सवारी साधनमा ६७ हजार यात्रुले काठमाडौं छाडेका हुन् । बुधबारै २ हजार ३ सय सवारी साधनमार्फत २१ हजार ५ सय जना उपत्यका भित्रिएका छन् ।

अहिलेसम्म झण्डै ३ लाखले काठमाडौं छाडेको तथ्याङ्क छ । बैशाख ३० गते हुने चुनावका लागि काठमाडौंबाट बाहिरिनेको संख्या हरेक दिन बढ्दो क्रममा छ । बिहिबार मध्यरातदेखि सवारी साधन बन्द हुनेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *