काठमाडौं । कांग्रेस प्रवक्ता डाक्टर प्रकाशशरण महतले एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै दिएका अभिव्यक्ति खेदजनक भएको टिप्पणी गरेका छन्।
एमाले अध्यक्ष ओलीले कांग्रेसको घोषणापत्रबारे दिएको अभिव्यक्ती निर्वाचन आचारसंतिह विपरित रहेको भन्दै उनले भने,‘देशमा निर्वाचन आचारसंहिता लागू भइसकेको छ, तर एमालेका अध्यक्ष ओलीले कांग्रेस र पार्टीको घोषणापत्रप्रति तल्लोस्तरको अभिव्यक्ति दिएका छन् । सामान्य अवस्थामा पनि बोल्न नहुने अभिव्यक्ति खेदजनक छन् ।’
कांग्रेसले बुधबार निर्वाचनसम्बन्धी भिडियोको समेत विमोचन गरेको छ ।




