काठमाडौं । निर्माण सकिएर क्यालिव्रेसन फ्लाइट समेत भइसकेको गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बैशाख १ गते परीक्षण उडान हुने भएको छ ।
आगामी जेठ २ गतेदेखि व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने तयारीका साथ यान्त्रिक परीक्षण उडान समेत भइसकेको छ ।
विमानस्थलमा २०७९ वैशाख १ गते परीक्षण उडान गर्ने तयारी भएको हो । नेपाल एयरलाइन्सको जहाजले भैरहवामा परीक्षण उडान भर्नेछ ।




