मुख्य समाचार

भिआइपी भेट गराउने भन्दै ठगी गर्नेलाई सरकारले कारबाही गर्ने

काठमाडौं । गृह मन्त्रालयले विभिन्न व्यक्ति तथा समूहले अवसर र लाभ उपलब्ध गराउने नाममा गैर कानुनी ठगी गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

मन्त्रालयले जागिरको प्रलोभन देखाएर ठगी गर्ने, सरुवा बढुवा गराइदिने नाममा ठगी गर्ने, घरमै बसी बसी काम वा रोजगारी वा आय आर्जन हुने भन्दै प्रलोभनमा पार्ने लगाएतका गैरकानूनी काम गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले क्रिप्टोकरेन्सीमा लगानी गर्ने र लगाउनेलाई समेत कारबाही गर्ने चेतावनी दिएको छ । त्यस्तै विशिष्ट व्यक्तीसँग भेट गराउने नाममा ठगी गर्नेलाई समेत कारबाही गर्ने चेतावनी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *