काठमाडौं । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालका लागि इजरायलका राजदुतसँग भेटवार्ता गरेका छन् ।
नेपालका लागि इजरायलका राजदुत हनान गोदारले नेकपा एकिकृत समाजवादीको पार्टी कार्यालयमा अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका हुन् ।
भेटका क्रममा नेपाल–इजरायलका सम्बन्धका विभिन्न पक्षका बारेमा छलफल भएको जनाइएको छ ।




