काठमाडौं । राहदानी विभागले डअति आवश्यक बाहेकका राहदानी वितरण स्थगित गरेको छ ।
कोरोना महामारीको जोखिम बढ्दै गएसँगै विभागले विदेशमा उपचार गर्न जाने जस्ता गम्भीर प्रकृतिका अत्यावश्यक सेवा बाहेकका लागि वितरण गर्दै आएको पासपोर्ट वितरणको काम स्थगित गरेको हो ।
विभागले यसअघि दिएको बुकिङ तथा टोकन समेत हाललाई स्थगन गर्दै अवस्था सामान्य भएपछि प्राथमिकताको आधारमा सेवा ससुचारु हुने जनाएको हो ।




