मुख्य समाचार

प्रधानमन्त्री देउवाको कोरोना परीक्षणको नतिजा नेगेटिभ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

बिहीबार गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कोरोना संक्रमण फैलिएपछि देउवाले आज फेरि पीसीआर गराएका हुन् ।

गत सोमबार देउवासहित प्रधानमन्त्रीको निवास बालुवाटारमा कार्यरत सचिवालयका कर्मचारी, सुरक्षा पदाधिकारीको पीसीआर परीक्षण भएको थिए । देउवाको रिपोर्ट नेगेटिभ आएपनि प्रधानमन्त्री कार्यालयका भान्से तथा दैनिक सुरक्षामा खटिएका अधिकारीलाई कोरोना पोजिटिभ देखिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *