काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीका बिचमा भेटवार्ता भएको छ ।
राष्ट्रपति भेट्न प्रधानमन्त्री देउवा राष्ट्रपतिभवन शीतल निवास पुगेका हुन् । भेटमा प्रधानमन्त्री देउवाले पछिल्ला राजनीतिक घटनाक्रम, कोरोना भाइरस रोकथाम, समसामयिक परिस्थितिबारे भण्डारीलाई जानकारी गराएका हुन् ।
वाुवाटार स्रोतका अनुसार भेटका क्रममा आफ्नो भारत भ्रमण रद्द भएको जानकारी गराउँदै प्रतिनिधिसभामा प्रतिपक्षी नेकपा एमालेले गरिरहेको अवरोध खुलाउने विषयमा सहजीकरण गरिदिन आग्रह गरेका छन् ।




