मुख्य समाचार

कांग्रेस महाधिवेशन : आदिवासी केन्द्रीय सदस्यको परिणाम सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको आदिवासी जनजातिर्फको केन्द्रीय सदस्यको मतगणना सकिएको छ ।

पार्टी कार्यालय सानेपामा जारी गणना बिहिबार सकिएको हो । परिणामअनुसार चीनकाजी श्रेष्ठ, उमेश श्रेष्ठ, दिलमान पाख्रिन, बहादुरसिंह लामा, टेक बहादुर गुरुङ १८७५ मत आङगेलु शेर्पा, तारामान गुरुङ र टेक प्रसाद गुरुङ निर्वाचित भएका हुन् ।

जनजातिर्फको ८ जना केन्द्रीय सदस्यका लागि ५० जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये ७ जना सभापति शेरबहादुर देउवा समुहका रहेका छन् भने एकजनामात्रै इतर समुहका रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *