मुख्य समाचार

झलनाथ खनाललाई विदेश विभाग प्रमुख बनाउने नेकपा एकिकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा एकिकृत समाजवादीले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई विदेश विभाग प्रमुख बनाउने निर्णय गरेको छ ।

उपमहासचिव गङ्गालाल तुलाधरका अनुसार खनालको नेतृत्वमा ११ सदस्यीय विदेश विभाग गठन गरिएको छ । विभागको उपप्रमुखमा प्रमेश हमाललाई जिम्मा दिइएको छ ।

सदस्यहरुमा विजय पौडेल, मञ्जु यादव, मिलन तुलाधर, वाइपी सङ्ग्रौला, शङ्कर खतिवडा, मेटमणि चौधरी, लक्ष्मण पौडेल, सावित्रा भुसाल, श्रीनाथ बराल, शेरबहादुर कुँवर र हंशबहादुर शाही छन् ।

त्यस्तै एकिकृत समाजवादीले वेदुराम भुसाल प्रमुखलाई सङ्गठन विभाग प्रमुख चयन गरेको छ । उपप्रमुखमा प्रकाश ज्वाला र सदस्यहरुमा अशोक कोइराला, बलदेव चौधरी सदस्य छन् ।

त्यस्तै शिक्षा विभागको प्रमुखमा गङ्गालाल तुलाधर र लक्ष्मण केसी उपप्रमुख छन् भने सदस्यहरुमा कमला तुलाधर, चन्द्र ढकाल, उद्धव पोखरेल, गुणाखर गैर र सरोज खतिवडा सदस्य छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *