काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगै नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका बिच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बेलुका ६ बजेबाट शुरु भएको छलफल ७ बजेसम्म चलेको थियो । जसपा अध्यक्ष उपत्यकाबाहिर रहेका कारण तिनजना शिर्ष नेताहरुका बिचमा मात्रै छलफल भएको जनाइएको छ ।
यसअघि आजै दिउँसो माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस महामन्त्री पुर्णबहादुर खड्काका बिचमा समेत छलफल भएको थियो । छलफलका क्रममा मन्त्रिमण्डल विस्तार लगाएतका विषयमा छलफल भएको महामन्त्री खड्काले जानकारी दिएका थिए ।




