काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पुर्णबहादुर खड्का र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका बिचमा भेटवार्ता भएको छ ।
माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको भेटमा सरकार विस्तारसँगै संसदमा देखिएको गतिरोध हटाउने विषयमा समेत छलफल भएको हो । भेटवार्ताबारेम महामन्त्री खड्काले भने,‘संसदको गतिरोध हटाउने, सरकार विस्तार लगाएका समसामयिक विषयमा छलफल भएको हो ।’
यसअघि समेत अध्यक्ष प्रचण्डसँग निरन्तर छलफल भइरहेको उनले जानकारी दिए । आजको छलफल सकारात्मक भएको उनले बताए । उनले भने,‘निरन्तर छलफल भइरहेको छ । आजको छलफल सकारात्मक भएको हो ।’
मन्त्रिमण्डल विस्तार कहिले हुने भन्ने बारेमा भने अहिले समेत छलफल भइरहेको उनले जानकारी दिएका छन् ।




