मुख्य समाचार

बाढीपीडितहरुसँग बसेर राहत वितरण गर्दै मनाए पुर्वमन्त्री बस्नेतले जन्मोत्सव

काठमाडौं । पूर्वमन्त्री मोहनबहादुर बस्नेतले आफ्नो जन्मोत्सव मनोहरा खोला किनारमा रहेका सुकुम्बासीहरुसँग बसेर मनाएका छन् ।

जन्मोत्सव मनाउन मनोहरा खोला किनार पुगेका नेता बस्नेतले बाढीप्रभावितसँगै बसेर केक काटेर जन्मोत्सव मनाएका हुन् । आइतबार राती आएको वर्षापछिको बाढीप्रभावित बनेका भक्तपुरको मनोहरा खोला किनारका सुकुम्बासीसँग बस्नेतले जन्मोत्सव मनाएका हुन् ।

कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य तथा कांग्रेसको खेलकुद विभाग प्रमुखसँगै केन्द्रिय बाढी पहिरो विपद व्यवस्थापन समन्वय समिति संयोजक बस्नेतले बाढी प्रभावितलाई राहत समेत वितरण गरेका छन् ।

नेत बस्नेतले सरकारलाई समेत चुनौती दिदै देशभरका बाढी पहिरो पिडीतलाई निरन्तर सहयोग गर्दै आएका छन् । उनले केहीदिन पहिला महाकाली नदी तर्ने क्रममा वेपत्ता भएका जयसिंह धामीको परिवारलाई समेत व्यक्तिगत रुपमा सहयोग गरेका थिए ।

नेपालमा कोरोना संक्रमण भएर नेपालकै पहिलो निधन भएकी सिन्धुपाल्चोककी महिलाको बालकसहित कैयौं बेसहारा बालबालिकालाई समेत उनले अभिभावकत्व ग्रहण गर्दै शिक्षादिक्षाको व्यवस्था थर्दै आएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *