काठमाडौं । नेपाली सेनाले प्रधानमन्त्री पुर्णचन्द्र थापाको विदाई गरेको छ ।
एक महिनाअघि देखि विदामा रहेका थापालाई आज सैनिक मुख्यालयमा विषेश कार्यक्रम गरेर विदाई गरिएको हो । अनिवार्य अवकाशमा गएका थापाले कायमकुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई नेतृत्व हस्तान्तरण समेत गरेका छन् ।
थापाको अवधि भदौ २४ गतेसम्म रहेको थियो । तर उनलाई आजै विदाई गरिएको हो । कायमुकायम प्रधानसेनापति शर्मालाई राष्ट्रपति विद्यादेवि भण्डारीले भदौ २४ गतेबाट लागू हुनेगरी प्रधानसेनापति नियुक्त गरिसकेकी छन् ।

सरकारको निर्णय कार्यान्वयन गर्दै राष्ट्रपति भण्डारीले शर्मालाई प्रधानसेनापति नियुक्त गरेकी हुन् ।




