मुख्य समाचार

बाग्मती र प्रदेश एकको सरकार ढल्ने प्रचण्डको उद्घोष

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले नेतृत्वको बाग्मती र प्रदेश नम्बर एकको सरकार समेत ढल्ने चेतावनी दिएका छन् ।

काठमाडौंमा सर्लाही जिल्ला समन्वय समिति र सर्लाही काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले एमाले नेतृत्वको सरकार केन्द्रमा मात्रै नभएर प्रदेशमा समेत अब नरहने उद्घोष गरेका हुन् ।

संसद्‍मा केपी ओलीलाई आगोसँग खेल्ने प्रयास नगर्न आफूले भनेको समेत उनले बताए । ओली नेतृत्वको सरकार हुँदा संघीयता लगायतका उपलब्धिहरू जोखिममा जाने खतरा देखिएको उनको दाबी थियो । अध्यक्ष प्रचण्डले मंगलबार गठबन्धनको बैठक बस्ने र मन्त्रिपरिषद्को विषयमा टुंगो लाग्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *