मुख्य समाचार

लुम्बिनि प्रदेश सरकारले विश्वासको मत लिने प्रक्रिया शुरु, एमाले सांसदहरुद्वारा बैठक बहिस्कार

काठमाडौं । लुम्बिनि प्रदेश सरकारले विश्वासको मत लिने प्रक्रिया शुरु भएको छ ।


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेशसभाको बैठक बहिस्कार गरेपनि मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने प्रक्रिया शुरु भएको हो ।

यसअघि आजै पहिलोपटक बसेको बैठकमा एमाले सांसदहरुले अवरुद्ध गरेका थिए । दोस्रोपटक दिउँसो साढे २ बजे बसेको प्रदेशसभाको बैठकमा समेत एमाले सांसदहरु उपस्थित भएका थिएनन् ।

अहिले जारी तेस्रो बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत लिने प्रक्रिया शुरु भएको भएपनि एमाले सांसदहरुले भने बैठक बहिस्कार गरेका छन् ।

विश्वासको मत माग्दै मुख्यमन्त्री कुलप्रसाद केसीले मुल्य मान्यतामा रहेर सरकार सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले जनताको चाहनाअनुसार सरकार सञ्चालन गर्ने समेत बताए । उनले संसदीय संस्कारको विषय धेरै बहशमा आएको भएपनि एमाले सांसदहरुले बैठक बहिस्कार गरेर आफैले भन्दै आएको राजनीतिक संस्कार समेत नदेखाएको बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *