मुख्य समाचार

दिल्लीबाट झलनाथले भने : देउवालाई मत दिनू

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।

नयाँ दिल्लीको एपोलो अस्पतालमा उपचाररत रहेका खनालले आइतबार वक्तव्य जारी गर्दै सो आग्रह गरेका हुन् ।‘म नेकपा एमालेका संसदीय दलका सम्पूर्ण माननीय सदस्यहरुलाई कुनै पनि प्रकारको अलमल र आक्रोशबाट प्रभावित नभइकन देउवा सरकारलाई विश्वासको मत दिन हार्दिक आग्रह गर्दछु ।

मेरो मत पनि विश्वासको मत लिँदा देउवा सरकारकै पक्षमा हुने कुरा पनि यो वक्तव्यमार्फत प्रस्ट पार्न चाहन्छु ।’ वक्तव्यमा भनिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *