मुख्य समाचार

अमेरिकाबाट नेपाली सेनालाई डुङ्गा सहयोग

काठमाडौँ । अमेरिकाले नेपाली सेनालाई सहयोगस्वरुप बाढी र डुबानजस्ता जलजन्य प्राकृतिक प्रकोपका समयमा उद्धारमा प्रयोग हुने चार थान डुङ्गा उपलब्ध गराएको छ ।

नेपाली सेना विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक रामनाथ ढुंगानालाई छाउनीस्थित जंगी असबाब खानामा मंगलबार अमेरिकी दूतावासका मुख्य सेनानी मिसेल पी ह्वाइटले उद्धारमा प्रयोग हुने बोटस हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जनाएको छ ।
सेनाले बाढी÷डुबानलगायत जलउत्पन्न विपद्का समयमा उद्धार तथा राहतमा डुङ्गा बहूपयोगी हुने बताएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *