काठमाडौं। काठमाडौंकाे बुढानिलकण्ठस्थित शिवपुरी राष्ट्रय निकुञ्जकाे जङ्गलमा आगलागी भएको छ ।आइतबार बिहान करिब १० बजेदेखि शुरु भएको आगलागी फैलिँदै गएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अहिलेसम्म आगो के कारणले लगोको पत्ता लागेको छैन । आगो नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन् ।सिम्रिक एयरलाइन्सले पानी हाल्ने तयारी गरिरहेकाे प्रहारी प्रभाग बुढानिलकण्ठले जानकारी दिए ।
यसैगरी दुई–तीन वटा दम्कल आगलागी स्थलमा पुगिसकेको प्रहरीले जनाएको छ । अहिलेसम्म चार सय मिटरको परिधि हाराहारीमा आगलागी भएको बताइएको छ ।




