काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले प्रतिनिधिसभा विघटनको उल्टो हिडेर विरोध गरेको छ । नेविसङ्घका नेता तथा कार्यकर्ता आज माइतीघरदेखि बानेश्वरसम्म उल्टो हिँडेर प्रतिनिधिसभा विघटनको विरोध गरेका हुन ।
नेविसंघ केन्द्रीय समितिले आयोजना गरेको विरोध प्रदर्शना सहभागी विद्याथीैहरुले सरकारविरुद्ध चर्को नारा लगाएका थिए । प्रतिनिधिसभा विघटनको कदम अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रको विरोधमा विद्यार्थीहरु सडकमा उत्रिएका हुन ।
कार्यक्रममा नेवि सङ्घका अध्यक्ष राजीव ढुङ्गानाले संसद् विघटन गर्ने सरकारको कदम असंवैधानिक भएको बताए । झण्डै दुई तिहाइ जनमत पाएको सरकारले सिङ्गो देशभन्दा पनि व्यक्तिगत स्वार्थका लागि संसद् विघटन गरेको ढुगानाले आरोप लगाए । संविधान, संसद र लोकतन्त्रमाथि खनिएको सरकारलाई अधिनायकवादको दिास्वपना नदेख्न अध्यक्ष ढुंगानाले चेतावनी दिए ।
सङ्घका महामन्त्री दीपक भट्टराईले उल्टो हिँडेर प्रतिनिधिसभा विघटनको साङ्केतिक विरोध गरिएको बताए ।





