काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्ध परेका १३ वटा रिटहरुमा सुनुवाइ गर्नका लागि पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नो नेतृत्वमा पाँच सदस्यीय न्यायाधीशहरूको संवैधानिक इजलास तोकेका हुन्।
संवैधानिक इजलासमा राणासहित न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन्।




