मुख्य समाचार

प्रधानमन्त्री ओली प्रचण्ड भेट्न खुमलटार

काठमाडौं । प्रधानमन्त्री केपी ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनको निवास खुमलटार जाने भएका छन् । प्रधानमन्त्री भएपछि ओली पहिलोपटक खुमलटार जान लागेका हुन् ।

प्रदेश १ अन्तर्गतका १४ जिल्लाका निकटस्थ इन्चार्ज, सहइन्चार्ज, जिल्ला अध्यक्ष र सचिवको भेलालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीले पार्टीको सचिवालय, स्थायी कमिटीको निर्णय नमान्ने, केन्द्रीय कमिटी बैठक डाक्नै आलटाल गर्ने गरेको जानकारी दिँदै पछिल्लोपटक संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर पार्टीलाई चुनौती दिएको बताएका थिए।

प्रचण्डले प्रधानमन्त्री ओलीले स्थायी कमिटीको पछिल्लो निर्णयअनुसार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता नलिए पार्टीले ‘एक्सन’ लिने बताएको भोलिपल्टै शनिबार प्रधानमन्त्री ओली खुमलटार जान लागेका हुन् । यसपटक सचिवालयका पाँच सदस्य ओलीविरुद्ध एकढिक्का भएर प्रस्तुत भएपछि ओली संकटमा परेका हुन् ।

अहिलेसम्म तीन वर्ष प्रचण्ड निरन्तर बालुवाटार धाउने गरेका थिए । तर, कुनै निकास निस्किएको थिएन । तर, अब खुमलटार धाउने पालो ओलीको भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *