मुख्य समाचार

कांग्रेस नेता विश्वकर्माको स्वास्थ्यमा सुधार

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभामा सदस्य मीनबहादुर विश्वकर्माको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । कोरोना भाइरसबाट संक्रमित विश्वकर्माको विगत एक सातादेखि ग्रान्डी इन्टरनेसनल अस्पतालको भेण्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

बेहोस अवस्थामा रहेका नेता विश्वकर्माको अहिले होस खुलेको छ र कोभिड–१९ रिर्पोट पनि नेगेटिभ आएको नेपाल दलित विद्यार्थी संघका अध्यक्ष राजु सुनारले जानकारी दिए ।

कात्तिक १ गतेदेखि कोरोना पुष्टि भएपछि घरमै आराम गरिरहेका विश्वकर्मालाई कात्तिक ८ गते वीर अस्पताल भर्ना गरिएको थियो । श्वास प्रश्वासमा समस्या भएपछि उनलाई थप उपचारका लागि बीरअस्पतालबाट ग्रान्डीमा लगिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *