समाचार

आगलागी भएको श्री एअरलाइन्सकाे बिमान सुरक्षित अवतरण, पाइलट र यात्रु सकुशल

काठमाडौं । श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको देखिएपछि काठमाडौं नै फर्काएर सुरक्षित अवतरण गराइएको छ ।

काठमाडौंबाट भैरहवा लागि उडेको सो बिमानका इन्जिनमा आगो लागेको देखिए पछि फर्काएर सुरक्षित रुपमा अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण गराईएको हो ।

उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो देखिएको हो । सो आगलागी पछि त्रिभुवन विमानस्थलमा हाल सुरक्षित अवतरण गरिसकिएको छ ।

जहाजमा रहेका चालक दलका सदस्य र यात्रुहरू सबै सकुशल रहेका छन् । विस्तृत विवरण आउन बाँकी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *