ताजा समाचार

सिंहदरबारको पूर्वी गेटअगाडि ढल फुटेर बेहाल

काठमाडौं । सिंहदरबारको पूर्वी गेटअगाडि ढल फुटेर दुर्गन्ध फैलिएको छ ।

ढल फुटेर सडकको आधा भाग ओगट्दा यस रुटमा चल्ने यातायात सञ्चालनमा कठिन भएको छ । ढलका कारण सडक हिलाम्मे भएको छ भने पैदल यात्री र सवारीसाधनका चालकहरुले सास्ती व्यहोर्नुपरेको छ ।

सिंहदरबार पूर्वी गेटमा मंगलबार दिउँसोदेखि ढल फुटेर सडकमा दुर्गन्ध फैलिँदासमेत सम्बन्धित निकायले सफा गर्ने तथा मर्मत गरेको छैन ।

पूर्वी गेट वरपरका स्थानीयहरु पनि ढलको दुर्गन्धका कारण समस्यामा परेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *