काठमाडौं ।नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेश मन्त्री भिक्टोरिया न्युल्यान्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेकी छन्।
आज बिहान धुम्बाराहीस्थित निवासमा पुगेर उनले सभापति देउवासँग भेटवार्ता गरेकी हुन्।
भेटवार्तामा द्विपक्षीय सम्बन्ध र लोकतन्त्र, विकास तथा सुशासनमा सहयोग अझ सुदृढ बनाउने उपायबारे छलफल भएको सभापति देउवाको सचिवालयले जानकारी दिएको छ।
साथै सभापति देउवाले अमेरिकाबाट नेपाललाई निरन्तर सहयोगका लागि धन्यबादसमेत दिएका थिए।




