ताजा समाचार

सहिदहरुप्रति भएको अपमानप्रति कांग्रेस मधेस प्रदेशले दुःख व्यक्त

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा मधेस आन्दोलनका सहिदहरुप्रति भएको अपमानप्रति नेपाली कांग्रेस मधेस प्रदेशले दुःख व्यक्त गरेको छ। कांग्रेस मधेस प्रदेशका सभापति तथा संसदीय दलका नेता कृष्ण प्रसाद यादवले विज्ञप्ति जारी गर्दै मधेस आन्दोलनका शहिदहरुप्रति अपमान भएकोमा दुःख व्यक्त गरेका हुन्।

सदनमा बोल्ने क्रममा जनमत पार्टीका अध्यक्ष तथा सांसद डा.सीके राउतले मधेसी शहिदहरुको सम्झनामा एक मिनेट मौन धारण गरेका थिए। सो क्रममा केही सांसद उठेर मौन धारण गरे। तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतका केही सांसद उठेनन्।

प्रधानमन्त्री प्रचण्डले नै मौन धारण नगरेकोले मधेसमा आलोचना भइरहेको छ । सो विषयमा कांग्रेस मधेसका सभापति यादव विज्ञप्ति जारी गरेर प्रधानमन्त्री प्रचण्डमाथि मधेस विरोधी आरोप लगाएका छन् ।

‘मौनधारणको अनुरोधलाई प्रधानमन्त्री लगायतका कतिपय सांसदज्यूहरूले अवज्ञा गर्नु दुःखद छ’, उनले विज्ञप्तिमा भनेका छन्, ‘यो घटनाबाट हाम्रा शासकहरू मधेसका शहीदहरूप्रति समेत वैरभाव राख्छन् भन्ने प्रष्ट हुन्छ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *