समाचार

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा अझै बनेर, भोलि अन्तिम रुप दिइने

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित मस्यौदा कार्यदलले भोलि (शुक्रबार) मात्रै मस्यौदा तयार पार्ने भएको छ ।

अर्थ मन्त्रालयमा आज बसेको कार्यदलको बैठकमा सामान्य छलफल भए पनि सहमति जुट्न सकेन ।

कार्यदलका सदस्य नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अस्वस्थताका कारण अनुपस्थित भएपछि बिहीबारको बैठकले न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न नसकेको हो । कार्यदलका संयोजक तथा उपप्रधानमन्त्री विष्णु पौडेलले भोलि (शुक्रबार) बिहान ११ बजे बस्ने बैठकले मस्यौदालाई अन्तिम रुप दिने जानकारी दिए ।

सत्ता साझेदार दलहरुको सुझावलाई आधार मानी मस्यौदा तयार गर्न लागिएको हो । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा बनेको कार्यदलमा साझेदार दलका १/१ जना सदस्य छन् । सत्ता गठबन्धनमा सात दल रहे पनि जनमत पार्टी र नागरिक उन्मुक्तिका तर्फबाट भने कार्यदलमा प्रतिनिधित्व छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *