निर्वाचन-२०७९

गाेरखा २ मा प्रचण्डकाे अग्रता, निकतम भन्दा पाँचहजार १२८ मत बढी

गाेरखा। प्रतिनिधिसभा सदस्यकाे लागि भएकाे निर्वाचनमा गाेरखा २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सात हजार ५७ मतसहित प्राप्त गर्नुभएकाे छ ।

उहाँका निकतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीकाे भन्दा पाँचहजार १२८ मत बढी छ ।

बुर्लाकाेटीले एकहजार ९२९ मत पाउनुभएकाे छ । यस्तै, नेकपा एमालेका अब्दुस सलाम मियाँले एकहजार ६७६ मत लिनुभएकाे छ ।

साेही क्षेत्रबाट मङ्गोल नेसनल अर्गनाइजेसनका सोमबहादुर गुरुङले ३९२ र राप्रपाका सुशील पन्तले २३१ प्राप्त गर्नुभएकाे छ । १२ हजार २१७ वटा मत गणना गर्दा ६०५ मत बदर भएकाे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *