राजनीति

माओवादीले विशेष महाधिवेशन गर्ने, पदाधिकारी चयनमा जनार्दनको असहमति

काठमाडौँ । नेकपा माओवादी केन्द्रले विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ । उपाध्यक्ष कृष्णबहादुर महराले विशेष महाधिवेशनको मिति तय नभएको बताउदै अहिले महाधिवेशन गर्ने निर्णय मात्र भएको जानकारी दिएका छन् ।

माओवादीको सातमहिना अघि मात्र महाधिवेशन सकिएको थियो । उपाध्यक्ष महराले अहिले पदाधिकारीलाई विशेष महाधिवेशनसम्मका लागि पूर्णता दिइएको बताए ।

माओवादीले लामो समय लगाएर पदाधिकारीको टुंगो लगाएपनि महासचिवका दावेदार रहेका जनार्दन शर्माले पदाधिकारी चयनप्रति असन्तुष्टि जनाएका छन् । स्रोतका अन्सुआर अर्थमन्त्री समेत रहेका शर्माले आफू यो प्रक्रियामा असहमत रहेको बैठकमा बताएका थिए ।

शुक्रबार बसेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले प्रस्ताव गरेको नाममा कसैको असहमति भए पनि निर्णय मानेर जाने समझदारी बनेको थियो ।

माओवादी केन्द्रको २१ सदस्यीय पदाधिकारीमा अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षमा कृष्णबहादुर महरा, महासचिवमा देव गुरुङ र उपमहासचिवमा वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव, हरिबोल गजुरेल रहेका छन् ।

यस्तै, सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की र कोषाध्यक्षमा श्रीराम ढकाल रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *