ताजा समाचार

यस्तो छ गठबन्धनमा सिट बाँडफाँटको तीन मोडालिटी

काठमाडौँ । आगामी संसदीय निर्वाचनका लागि सत्ता गठबन्धनको सिट बाँडफाँट गर्न बनेको ११ सदस्यीय कार्यदलले सिट बाँडफाँटको तीन मोडालिटी तयार पारेको छ ।

समितिले दलहरूको विगत र वर्तमान अवस्थासमेत विश्लेषण गर्दै सिट संख्या बाँडफाँट गर्नुपर्ने निष्कर्ष निकालेको छ।

हाल बैठकमा तीनवटा मोडालिटीबारे कुरा भइरहेको छ।

१, २०७४ मा जितेको प्रतिनिधि सभा र प्रदेश सभाको सिट संख्यालाई आधार मान्ने र प्रत्यक्षका सबै यथावत राख्ने।

२, ३० वैशाखमा सकिएको स्थानीय तहको निर्वाचनमा दलहरुले प्राप्त गरेको मत संख्यालाई आधार मान्ने।

३, २०७४ को प्रत्यक्ष समानुपातिकबाट प्राप्त गरेको सिट संख्यालाई कायम राख्दै बाँकी रहेको नेकपा एमालेले प्रत्यक्षमा जितेको ०८१ सिटको मात्र बाँडफाँट गरेर जाने।

एक नेताका अनुसार कांग्रेस एक्लैलाई ८५ सिट दिएर गठबन्धनका अन्य ४ दललाई ८० सिट बाँडफाँट हुन सक्ने संभावना छ। यसअघि कार्यदललाई साउन मसान्तसम्म बाँडफाँटको मोडालिटी पेश गर्ने समय दिइएको थियो।२० साउनमा बनेको कार्यदलमा कांग्रेसबाट कृष्णप्रसाद सिटौला, गगन थापा र ज्ञानेन्द्र बहादुर कार्की छन्।

यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी ९जसपा० बाट रकम चेम्जोङ र रामसहायप्रसाद यादव तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *