ताजा समाचार

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि करिब ८ करोड मतपत्र

काठमाडौँ । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि करिब ८ करोड मतपत्र छाप्नुपर्ने निर्वाचन आयोगले बताएको छ ।

स्थानीय तह निर्वाचनको परिणाम र खर्च विवरण सार्वजनिक गर्न आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने, ‘अबको चुनावमा ८ करोड मतपत्र छाप्नुपर्छ । एउटा मतदान केन्द्रमा चार वटा मतपेटिका राख्नुपर्छ । यसअनुसार कर्मचारी पनि चाहिएला ।’

निर्वाचनको मिति तय नभए पनि आयोगले आन्तरिक तयारी थालिसकेको उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *