ताजा समाचार

प्रेस युनियनमा लम्साल जित नजिक

काठमाडौं । नेपाली कांग्रेसनिकट पत्रकारको संगठन नेपाल प्रेस युनियनको नयाँ नेतृत्वका लागि भएको निर्वाचन अन्तर्गत मतगणना जारी छ ।

९७३ मत गनिसक्दा अध्यक्षमा संस्थापनइतरका शिव लम्सालले अग्रता कायमै राखेका छन् । लम्सालले ५२४ मत ल्याउँदा प्रतिद्वन्द्वी संस्थापन पक्षकी अनिता विन्दुले ४२६ मत ल्याएर पछ्याइरहेकी छन् । जम्मा १३९७ मत खसेको थियो । अब ४२४ मत गन्न बाँकी छ ।

वरिष्ठ उपाध्यक्षमा प्रेम केसीको ४८० र सरोज अधिकारीको ४७१ मत छ । महासचिवमा दीलिप पौडेलले ६४२ मत ल्याउँदा जगन्नाथ दुलालको ३०० मत आएको छ । त्यस्तै महिला उपाध्यक्षमा सलोजा दाहालको ५२४ र कल्पना शर्माको ४१६ मत छ ।

खुल्ला उपाध्यक्षमा नकुल अर्याल ५४५ मतका साथ अग्रस्थानमा छन् । भीष्मराज ओझाको ४४२, राममणी दाहालको ४१७, शेखर रेग्मीको २७८ मत छ । सचिव खुल्लामा केदारप्रसाद दाहालको ४८४, खगेन्द्र घिमिरेको ३१२, खगेन्द्र भण्डारीको ४६०, भुवन शर्माको ४४८, गुरुप्रसाद गौतमको ४१२, तीर्थराज बस्नेतको ४०७ र लोकेन्द्र भट्टको ३९१ मत छ ।

महिला सचिवमा मेनुका ढुंगाना ४७८, पुष्पा शर्माको ४५४, रेजिना गौतमको ४५१, रोजी ढकाल पराजुलीको ४३३ र माला पालुङ्वा लिम्बूको ३९५ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *