समाचार

बैतडीका किसानलाई ३० हजार कागतीमा बिरूवा वितरण

काठमाडौं । बैतडीको डिलाशैनी गाउँपालिकाले किसानहरूलाई कागतीका बिरुवा वितरण गरेको छ । एक मतदता एक बिरुवा कार्यक्रमअन्तर्गत ३० हजार कागतीका बिरुवा वितरण गरेकाे गाउँपालिकाले जनाएको छ । 

आर्थिक बर्ष २०७८/०७९ मा विनियोजित बजेटबाट बिरुवा वितरण गरिएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्ट यदुले बताए । 

यसअघि निवेदन संकलन गरिएकोमा एक परिवारले करिब ५० बिरुवा पाएको प्रवक्ता भट्टले बताए । बिरुवा वितरण कार्यक्रमलाई आर्थिक बर्ष २०७९/०८० मा समेत जारी राख्ने उनको भनाइ छ ।

कृषि पेशामा लागेका किसानलाई व्यवसायिक कृषिमा आवद्ध गराई आत्मनिर्भर बनाउने लक्ष्यसहित बिरूवा वितरण गरेकाे गाउँपालिका अध्यक्ष सन्तोषप्रकास जोशीले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *