ताजा समाचार

माओवादीले चुनावमा भएको अन्तरघातको छानविन गर्ने

काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा भएको अन्तरघातको छानविनका लागि समिति बनाउने भएको छ । पार्टी केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले स्थानीय तह निर्वाचनमा अन्तरघात गर्नेलाई कारबाही गर्न छानबिन समिति बनाइने बताए ।

उनले संघीय निर्वाचनमा हुन सक्ने थप क्षतिलाई रोक्न १५ दिनमै प्रतिवेदन दिने गरी छानबिन समिति बनाइने बताए । उनले दोषीमाथि विधानअनुसार निलम्बन र निष्काशनसम्मको कारबाही गरिने बताए । उनका अनुसार मधेसका धेरै र पहाडका केही स्थानमा अन्तर्घात देखिएकाले त्यसबारे छानबिन हुनुपर्ने बताए ।

अध्यक्ष प्रचण्डले पार्टीभित्र अन्तकलह भएको स्वीकार गरेका छन् । बिहीबार केन्द्रीय कमिटी बैठकमा उठेका प्रश्नको जवाफ दिँदै उनले स्थानीय तह निर्वाचनको पराजयको कारण पनि अन्तरघात भएको उल्लेख गरे ।

‘पार्टीभित्रकै अन्तरघातले हारियो । पार्टी बनाउन नसक्नु, उमेदवार छान्न नसक्नु हो’, उनले भने, ‘अबको चुनावमा कम्युनिस्टमा पहिलो पार्टी हामी बन्छौं । देशको दोस्रो पार्टी माओवादी बन्छ ।’ उनले पार्टीभित्र समूहगत वर्ग र गुट भएको भन्दै एकअर्कालाई परास्त गर्दा खुशी हुने देखियोको भन्दै दुःखेसो पोखे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *