काठमाडौं । एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले पार्टी एकताका लागि वार्ता कमिटी बनाउने प्रस्ताव गरेका छन् । संयोजक गौतमले नेकपा एमाले, एकीकृत समाजवादी र माओवादी केन्द्रसँग पार्टी एकताका निम्ति वार्ता सुरु गर्ने बताएका छन् ।
शनिबार बसेको अभियानको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै उनले जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका कम्युनिस्ट तथा समाजवादी पार्टी र समूहहरुसँग पनि पार्टी एकता वा कार्यगत एकताका निम्ति वार्ता गर्ने बताए ।
संयोजक गौतमले नेकपाको पुनः एकीकरणका लागि गौतमले एमाले र माओवादीबीच २ जेठ २०७५ मा भएको भएका सहमति र समझदारीहरुलाई नै संशोधनसहित अघि सारेका छन् ।
उनले दुई अध्यक्ष रहने व्यवस्थाको ठाउँमा एक मात्र अध्यक्ष राख्नु उपयुक्त हुने राजनीतिक प्रस्तावमा उल्लेख छ । राजनीतिक प्रस्तावमा भनेका छन्, ‘पुनः एकीकृत पार्टीमा एउटा अध्यक्ष र एक सहअध्यक्ष वा मानर्थ अध्यक्ष र कार्यकारी महासचिवको व्यवस्था उपयुक्त हुनेछ ।’




