झापा । हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट रवीन्द्र लिङ्देन पुनः निर्वाचित भएका छन् । उनले एमालेका डम्बर गिरीलाई एक हजार १९० को मतान्तरले पराजित गर्र्र्दै विजयी बनेका हुन ्।
उनले कूल मतको छ हजार ८५६ मत प्राप्त गर्नुभएको छ भने निकटतम् प्रतिद्वन्द्वी गिरीले चार हजार ६६६ मत ल्याएका छन् । एमालेका गिरी निवर्तमान गाउँपालिका उपाध्यक्ष हुन् ।
त्यस्तै अध्यक्षका उम्मेदवार बनेका कांग्रेसका तुलसीप्रसाद ओलीले दुई हजार ७५८ र माओवादी केन्द्रका भवानीप्रसाद दङ्गालले एक हजार १४९ मत प्राप्त गरेका छन ।
पालिकाको उपाध्यक्षमा राप्रपाकी लक्ष्मीदेवी मैनाली नै निर्वाचित भएका छन् । मैनालीले पाँच हजार ७८ मत ल्याएको छ भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका शान्तादेवी गौतमले चार हजार १०६ मत ल्याउनुभएको छ । माओवादी केन्द्रका टीकादेवी राउतले एक हजार ४५३ र कांग्रेसबाट बागी स्वतन्त्र उम्मेदवार लखन हेमरमले तीन हजार ७०० मत ल्याउनुभएको छ । राप्रपाले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित दुई वडाध्यक्ष र ११ सदस्य जितेको छ ।




