मुख्य समाचार

सीडीओ हुन ३ महिने तालिम वा कानुनमा स्नातक अनिवार्य

काठमाडौं । प्रमुख जिल्ला अधिकारी (सीडीओ ) हुनका लागि कानुनमा स्नातक गरेको वा ३ महिना कानुनसम्बन्धी तालिम अनिर्वाय रुपमा लिएको हुनुपर्ने व्यवस्था शुरु गर्न लागिएको छ।

गृहमन्त्री बालकृष्ण खाँणका अनुसार अदालतको आदेशअनुसार सो मापदण्ड अवलम्बन गरी अहिले तालिम चलिरहेको छ ।

सोमबार गृह प्रशासन सुधार कार्ययोजना–२०७८ सार्वजनिक गर्दै खाँणले सो कुरा बताएका हुन् ।

‘प्रमुख जिल्ला अधिकारीका लागि सो मापदण्ड पालनामा हामी संवेदनशील छौं’ मन्त्री खाँणले भने–‘तीन महिने तालिम शुरुवात भएको छ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *