ताजा समाचार

कांग्रेस १४ औं महाधिबेशनको सबै मतगणना आज सकिने

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको नेतृत्व चयनको मतगणना आज सकिने भएको छ । तीन क्लस्टरबाहेक सबैको नतिजा सार्वजनिक भइसकेको छ। १२६ पदको नतिजा सार्वजनिक भइसकेको छ। अब खस आर्य, दलित र आदिवासी जनजातिबाहेक सबै क्लस्टरको नतिजा सार्वजनिक भएको निर्वाचन समिति सदस्य तेज रावलले जानकारी दिए।

ती तीन क्लस्टरको पनि आजै नतिजा सार्वजनिक हुनेछ। बाँकी रहेको मतगणना आज बिहान १० बजेदेखि सुरु गरिने रावलले बताए। मंसिर २४ गते उद्घाटन भएको महाधिवेशनमा मंसिर २७ गते नयाँ नेतृत्वका लागि निर्वाचन भएको थियो । सो मतदानको गणना आज सकिन लागेको हो।

कांग्रेसमा पदाधिकारीसहित निर्वाचित केन्द्रीय सदस्यको सङ्ख्या १३४ जनाको हुने व्यवस्था छ। सभापतिले मनोनित गर्ने ३३ जनासहित कुल केन्द्रीय समिति सदस्य संख्या १६७ जनाको हुन्छ। सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । केन्द्रिय सदस्यमा पनि देउवा पक्ष नै हाबी भएको छ । अन्य पदाधिकारीमा भने मिश्रित नतिजा आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *