विश्व

इरानी झन्डावाहक पानीजहाज अमेरिकी नौसेनाद्वारा नियन्त्रणमा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथिको सामुद्रिक नाकाबन्दीका क्रममा एउटा इरानी झन्डावाहक पानीजहाज नियन्त्रणमा लिइएको दाबी गरेका छन् ।

ट्रम्पका अनुसार खाडी क्षेत्रमा अमेरिकी नौसेनाले ‘टोस्का’ नामक मालवाहक जहाज कब्जामा लिएको हो । उनले सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत चेतावनीको अवज्ञा गरेपछि जहाज नियन्त्रणमा लिइएको उल्लेख गरेका छन् ।

इरानले भने अहिलेसम्म यस घटनाबारे कुनै आधिकारिक प्रतिक्रिया जनाएको छैन ।यसैबीच, इरानसँगको युद्ध अन्त्यका लागि पाकिस्तानमा हुने दोस्रो चरणको वार्तामा अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गर्ने ह्वाइट हाउसले पुष्टि गरेको छ । तर इरानले वार्तामा सहभागिता जनाउनेबारे स्पष्ट निर्णय गरेको छैन ।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिकी नाकाबन्दी कायम रहेसम्म वार्तामा सहभागी नहुने संकेत गरिएको छ ।ट्रम्पले नियन्त्रणमा लिइएको जहाज करिब ९०० फिट लामो र विमानवाहक जहाज बराबर तौल भएको दाबी गरेका छन् । उनका अनुसार जहाजको इन्जिन कोठामा क्षति पुर्‍याएर रोकिएको हो ।

अमेरिकी सेन्ट्रल कमान्डले सार्वजनिक गरेको भिडियोमा नौसेनाले जहाजलाई रोक्न चेतावनी दिएको र गोली प्रहार गरिएको देखिएको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *