समाचार

देउवा प्यानलका महत पछि परे

काठमाडौं । नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको मत गणना जारी छ । सुरुवाती मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् ।

कांग्रेस निर्वाचन समितिका अनुसार ९०० मत गन्दा थापाले ५७५ र विश्वप्रकाशले ३४१ मत ल्याएर अग्रता लिइरहेका छन् । तर, सभापति निर्वाचित भैसकेका शेरबहादुर देउवाको प्यानलबाट उठेका डा प्रकाश शरण महत भने चौथो स्थानमा छन् । २९७ मत पाउँदै महत चौथो स्थानमा छन् । सोही प्यानलबाट उठेका प्रदीप पौडेल ३०० मतका साथ तेस्रो स्थानमा छन् ।

महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ। महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ।

सभापति शेरबहादुर देउवाको प्यानलबाट डा प्रकाश शरण महत र प्रदीप पौडेल छन् भने डा शेखर कोइरालाको तर्फबाट गगन थापा र मिनेन्द्र रिजाल मैदानमा छन्।

यस्तै, प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा राजाराम कार्की महामन्त्रीको उम्मेदवार छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *