राजनीति

३२८२ मत गणना हुँदा देउवा अघिअघि काेइराला पछिपछि, कसले कति पाए ?

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन अन्तर्गत सभापति पदकाे ३ हजार २८२ मतगणना भएकाे छ । कुल ४ हजार ६७९ मत खसेको थियाे ।

हालसम्मकाे मतगणना अनुसार सबैभन्दा अगाडि शेरबहादुर देउवा छन् । निर्वाचन समितिका अनुसार देउवाले १ हजार ५५६ मत प्राप्त गरेका छन् । कोइरालाले १ हजार १९७ मत पाएका छन् । यसैगरी, प्रकाशमान सिंहले २५७, विमलेन्द्र निधिले २०१ र कल्याण गुरुङले १७ मत मात्र प्राप्त गरेका छन् ।

सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो । २३ सय ४० मत पाउने उम्मेदवार सभापतिमा निर्वाचित हुनेछन् । तर ५० प्रतिशत मत कटाउन नसकेपछि पहिलाे र दाेस्राेबीच दाेस्राे चरणमा चुनाव हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *