राजनीति

कांग्रेस महाधिवेशन : दुई हजार मत खस्यो

काठमाडौं।नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सोमबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान भइरहेको छ । सोमबार अपरान्ह साढे ४ बजेसम्म दुई हजार मत खसेको कांग्रेस निर्वाचन समिति प्रवक्ता जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

मतपत्र सकिएर केहीबेर राष्ट्रिय सभामा रोकिएको मतदान फेरि सुरू भइसकेको श्रेष्ठले बताए ।

१३ पदाधिकारीसहित १३४ सदस्य केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ । शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ सभापतिको दौडमा छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *